काठमाडौँको तापक्रम ३३.५ डिग्री

काठमाडौँ – एक साता यता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदासमेत दिएका छन् । काठमाडौँमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ । आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल...