साविककै केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने
काठमाण्डौ – नेकपाले जिल्ला इन्चार्ज र सह-इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनको मापदण्ड आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्यबिभाजन गर्ने तयारी रहेको स्रोतले बताएको छ । मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ । अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला इन्चार्जको कार्य बिभाजनका लागि तयार पारेको प्रस्तावमा नेपालले असहमति जनाइ दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान लिएपछि साविक कमिटीकै इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै जिल्ला इन्चार्ज बनाउने...



















