कारागारको जग्गामा घरैघर, १९ रोपनीमा अनधिकृत बस्ती

धनकुटा : भवन निर्माणका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको धनकुटा जिल्ला कारागारको जग्गामा घरैघर रहेको पाइएको छ । भवन बनाउन बजेट आएपछि मात्रै कर्मचारीले थाहा पाए, भवन बनाउने भनिएको जग्गा खाली छैन । धनकुटा नगरपालिका-४ को पुजारीटोलमा पर्ने जग्गामा दर्जनौं घर बनिसकेका हुन् ।
‘प्रदेशस्तरीय सुविधा सम्पन्न भवन बनाउने योजना थियो,’ निमित्त जेलर टंकबहादुर श्रेष्ठले भने, ‘अतिक्रमण गरेर घर बनाउनेहरूका कारण अब गाह्रो भयो।’ घर बनाएर बसेकाहरूलाई हटाउन चुनौति रहेको उनले बताए।
नापी कार्यालयका अनुसार धनकुटा नगर क्षेत्रभित्र मात्रै करिब २ हजार ४ सय रोपनी क्षेत्रफल सरकारी जग्गा छ। जसमध्ये अधिकांशमा साँधसिमाना छुट्टनिे घेराबारा गरिएको छैन। जग्गा अतिक्रमण गरि घर बनाउने र खेती गरिएको काराकारको मात्रै छैन, अन्य कार्यालयहरूले पनि आफ्नो जग्गा खोजी नगर्दा अतिक्रमणमा परेका छन्।
नगर क्षेत्र भित्रमा सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गरिहेकालाई हटाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताएका छन्। ‘पहिलो चरणमा सबैभन्दा बढि सरकारी जग्गा रहेको ४ नम्बर वडा क्षेत्रबाट अतिक्रमण हटाउन शुरु गर्छौ,’ उनले भने। कान्तिपुर दैनिकमा समाचार छ ।