नोबेल पुरस्कार विजेतालाई सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने
एजेन्सी, स्टकहोल्म – यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ । परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको नोबेल शान्ति पुरस्कारसम्बन्धी निर्णयबारे भने अहिलेसम्म कुनै निर्णय नगरिएको फाउण्डेसनले जानकारी गराएको छ । नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेतालाई ओस्लोमा स्वागत गर्ने सम्भावना अझै खुला राखेको छ । समितिले ओस्लो समारोहको ढाँचा अक्टोबर महिनाको मध्यसम्ममा घोषणा गर्ने बताइएको छ । नोबेल फाउण्डेशनका कार्यकारी निर्देशक...



















