दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिनू

चैत्र, काठमाडौं – कलकत्ता उच्च अदालतले ४० वर्षपछि जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई परिवारले क्षतिपूर्ति मागेको खण्डमा दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । सोमबार तिम्सिनाको मुद्दामाथि फैसला गर्दै कलकत्ताको उच्च अदालतले उनको परिवारले क्षतिपूर्ति मागे कानुनबमोजिम क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले बताएका छन् । क्षतिपूर्ति माग गरिएको अवस्थामा कति दिइन्छ भन्ने सन्दर्भमा अहिले नै केही भन्न नसकिने सिन्हाले बताएका छन् । हत्या आरोपमा ४० वर्षअघि पक्राउ परेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन् । कलकत्ता उच्च अदालतले उनलाई...