सिंगापुरमा जारी टि-ट्वान्टी क्रिकेट सिरिजको शीर्ष स्थानमा नेपाल उक्लियो

तामसालिङ खबर
१३ आश्विन २०७६, सोमबार १३:४०

असोज १३, काठमाडौँ – तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको अंक तालिकाका नेपाल शीर्ष स्थानमा पुगेको छ । आइतबार साँझ भएको खेलमा आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेपछि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा पुगेको हो । डबल राउन्ड रोबिनको आधारमा खेलाइएको श्रृङखलामा तीनै देशले एक-एक खेलमा जीतेका छन् ।

आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले हराएको हो । वर्षाले प्रभावित गरेपछि १८ ओभरमा झारिएको खेलमा सिंगापुरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।

जिम्बावेका लागि कप्तान सिन विलियम्स ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रेगिस चाकबभाले ४८ रन जोड्दा टिनोटेण्डा मुटुमबोड्जीले ३२ रन बनाए । सिंगापुरका लागि जनक प्रकाश र अम्जाद महबुबले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

सिंगापुरका लागि टिम डेभिड र मनप्रित सिंहले समान ४१–४१ रन बनाए । यस्तै रोहण रंगराजनले ३९ र सुरेन्द्रन चन्द्रमोहनले २३ रन बनाए । जिम्बावेका रायन ब्रुलले ३ तथा रिचार्ड नाग्भाराले २ विकेट लिए । दोस्रो स्थानमा झरेको जिम्बावेले २ खेलमा २ अंक जोडेको छ । २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् । नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ । २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् । नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*