सभामुख महराद्वारा शीर्ष नेतासँग परामर्श, राजीनामा दिने सम्भावना

तामसालिङ खबर
१४ आश्विन २०७६, मंगलवार १२:०२

असोज १४, काठमाडौं – आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका शिर्ष नेताहरूको छलफल पश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ ।

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेकाे छ । सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*