प्रधानमन्त्री कृषि परियोजनामा खुल्यो, १९२ जनाको लागि जागिर
असोज १४, काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।
परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रहेको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो ।
योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गते सम्म दरखास्त दिन भनेको छ । दरखास्त फारम परियोजनाको अफिसियल वेबसाइट http://pmamp.gov.np/en/ बाट प्राप्त गर्न सकिने बताएको छ ।







