युरोपमा बन्यो, सुनैसुनको अग्लो बुद्धको मुर्ती
असोज १४, काठमाण्डौ – रूसले युरोप कै अग्लो बुद्धको विशाल बुद्ध मुर्ती बनाएको छ । सुनै सुनले भरिएको बुद्धमुर्तीलाई युरोपको सबैभन्दा अग्लो भनिएको छ ।पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मुर्ती साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको स्थानीय समाचार एजेन्सीले जनाएको छ ।
करीब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ क्षेत्र बौद्ध धर्मवालम्बी बाहुल्य क्षेत्र हो । पर्यटनकर्मी सुनिल भुसालले नेपाल भ्रमण बर्ष आउँदै गर्दा युरोपमा बुद्धको विशाल मुर्ती बन्नुले सकारात्मक सन्देस दिने बताए ।






