हरिवनको मदरसा बिद्यालयलाई कम्प्युटर वितरण

तामसालिङ खबर
१४ आश्विन २०७६, मंगलवार १५:४७

असोज १४, सर्लाही – सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा रहेको मदरसा स्कुललाई सोमबार एक थान कम्प्युटर वितरण गरिएको छ । मुस्लिम समुदायको बालबालिका मात्रै अध्ययन गर्ने बिद्यालयमा हरिवन सिटी क्लबले कम्प्युटर हस्तान्तरण गरिएको हो ।

मुस्लिम समुदायको ४२ जना विद्यार्थी अध्ययनरत मदरसा बिद्यालयमा सहभागी भै विद्यालयको संस्थापक अध्यक्ष महमद कमरुद्विन र प्रधानाध्यापक मुजफर कमाल अन्जुमलाइ क्लबका उपाध्यक्ष गुन्जलाल घलान लगायतको पदाधिकारीहरुले संयुक्त रुपमा कम्प्युटर वितरण गरिएको हो ।

हरिवन नगरपालिकाको चौतर्फी विकासमा हरेक क्षेत्रबाट आफुहरुको तर्फबाट सकेको सामाजिक कार्य गर्न समाजको हितको लागि केही परिवर्तन गर्न समाज सेवा गर्ने उद्देश्यले स्थापना गरिएको हरिवन सिटी क्लबले दोस्रो पटक मदरसा स्कुललाई कम्प्युटर वितरण गरिएको क्लबका अध्यक्ष बिनेश कार्कीले बताउनुभयो ।

यस्तै, मुस्लिम समुदायको बालबालिकाहरुले पनि अबको समयमा शिक्षामा जोड दिनु पर्छ भन्दै उनीहरुको शिक्षामा केही सुधार आओस भन्ने हेतुले मदरसा स्कुल आफुहरुको छनौटमा परेको क्लबका उपाध्यक्ष घलानले बताए । अबको दिनमा पनि क्लबको तर्फबाट सहयोग रहने क्लबको अध्यक्ष कार्कीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*