प्रतिनिधिसभा वेबसाइटबाट महराको नाम हट्यो
असोज १५, काठमाडौं – संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ । वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटो सहितको प्रोफाइल लिंक हुन्छ ।
संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए ।
मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो ।






