रोशनी शाहीले श्रीमानसँग डिभोर्स गरिन्

तामसालिङ खबर
१६ आश्विन २०७६, बिहीबार १२:४१

असोज १६, काठमाडौं – बलात्कारको आरोप लगाउने रोशनी शाहीले श्रीमानसँग सम्बन्ध विच्छेदको प्रकृया अगाडि बढाएकी छन् । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर पछि आफैले खण्डन गरेकी शाहीले आफ्ना श्रीमान चित्रजंग शाहीसँग डिभोर्स प्रकृया अगाडी बढाएकी हुन् ।

आजैका मितिदेखि दुईजनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएको रोशनीका श्रीमान चित्रजंग शाहीले बताए । यो घटनासँगै महरा प्रकरण नयाँ मोडमा पुगेको छ ।

रोशनीले डिभोर्सका लागि श्रीमानसँग कानुनी प्रकृया अगाडि बढाउने जनाएकी छन् । रोशनीका श्रीमानले दुईजना बीचको सहमति फेसबुकबाट समेत सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*