फरार प्रतिवादी प्रहरीकाे नियन्त्रणमा

तामसालिङ खबर
१६ आश्विन २०७६, बिहीबार १६:०६

 

असोज १६, पर्सा – पर्सा जिल्ला अदालतको २०७१ वैशाख ०४ गतेको फैसलाले ६ वर्ष कैद र दश हजार जरिवाना तोकिएका लागू औषध खैरो हेरोईन मुद्दाका फरार प्रतिवादी प्रहरीकाे नियन्त्रणमा ल्याइएकाे छ ।

पर्साकाे वीरगन्ज महानगरपालिका- २३ बस्ने ३६ वर्षीया सोनालाल प्रसाद कुशवाहालाई वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा नियन्त्रणमा ल्याइएकाे हाे ।

बुधबार साँझ बीरगंज महानगरपालिका- १३ राधेमाई चोकबाट उनलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*