डेरा खोज्दै निवर्तमान सभामूख महरा, गाडी र सुरक्षाकर्मी समेत फिर्ता

तामसालिङ खबर
१६ आश्विन २०७६, बिहीबार १८:१०

असोज १६, काठमाडौं – निवर्तमान सभामुख महरा छिट्टै सरकारी निवास बालुवाटारबाट बाहिरिन डेरा खोज्दैछन् । महराले प्रयोग गर्दै आएको सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

सरकारले तत्कालीन सभामुख महरालाई उपलब्ध गराएको गाडी र उनको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी समेत फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ ।

बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका महराले डेरा खोजिरहेको र भेट्टिदासाथ सरकारी निवास छाड्ने तयारी गरेको बताएको छ ।

संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले यौनदुव्र्यवहारको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । रोशनीले भने महराबाट कुनै दुर्वयवहार नभएको भनेर प्रष्ट पारिसकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*