मन्त्री हेरफेर, प्रधानमन्त्रीको निर्णयमा भरपर्ने-नेकपा अध्यक्ष प्रचण्ड

तामसालिङ खबर
१ कार्तिक २०७६, शुक्रबार १४:०९

कार्तिक १, धनगढी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताएका छन् । शुक्रबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले सुरुमा मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने, ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

यो जाने, त्यो आउने भनेर भएको चर्चामा भने सत्यता नभएको प्रधानमन्त्रीले आफूलाई भनेको उनले सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*