कपडाको भोटो बनाई गाँजा ओसारपसार गर्ने दुइ जना पक्राउ

तामसालिङ खबर
६ कार्तिक २०७६, बुधबार ०९:१०

कात्तिक ६, हेटौंडा – ज्याकेट भित्र लुकाइ छिपाई ल्याएको ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटोबाट गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक महानन्द प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट विरगंज तर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा लागुऔषध गाँजा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल पछाडी बस्ने पर्सा बहुद्रामाई नगरपालिका ३ बस्ने २६ बर्षिय असलम देवानले कपडाको ज्याकेट बनाइ भोटो भित्र गाँजा राखि ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले देवान सहित मोटरसाइकल चालक सोहि नगरपालिका १ बस्ने ३८ बर्षीय शम्भु साह कलवारलाइ पनि पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*