सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड – प्रदेश तिनको सभामुख श्रेष्ठ

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार १६:५०

कार्तिक १०, काठमाडौं – तिन नम्बर प्रदेशको सभामुख सानुकुमार श्रेष्ठले नेपालबाट नै चार आध्यात्मिक आयामको विकास भएको बताउनुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आइतबार आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले आन्तरिक चेतनाको विकास गर्नु नै दीपावली मनाउनु हो, उहाले भन्नुभयो ।

शरीर रुपी मन्दिरमा रहेको चेतनारुपी ज्योतिको उजागर गराउने पर्व नै भाइटीका हो भन्नुहुँदै उहाँले नेपालको सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड दिनुभयो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगी राज दिदीले ज्ञान प्रकाशले जागृत मनस्थितिबाट मात्रै स्वभाव संस्कारलाई परिवर्तन गरी पुनः सुखद, समृद्ध र सभ्य संसारको निर्माण गर्न सकिने भएकाले प्रत्येकको जीवनमा दैवी मूल्य र आचरणको खाँचो औँल्याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*