झिलिमिली गरि लक्ष्मीपूजा गर्न कार्यकारी निर्देशक घिसिङको आग्रह

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार १७:२२

कार्तिक १०, काठमाण्डाै – नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आज झिलिमिली गरि लक्ष्मी पुजा गर्न आग्रह गर्नु भएको छ ।

लक्ष्मी पूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाट सम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ ।

तिहारमा कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्याका समाधानको लागि कार्यकारी निर्देशक कुलमान घिसिङ सहिको टोली तयारी अवस्थामा छ । ‘हामी बिजुली नपुग्ला भन्ने चिन्तामा छौँ, त्यसैले सारा नेपालीलाई ढुक्कका साथ झिलिमिली गरेर तिहार मनाउन आग्रह गर्छु’, उहाले भन्नुभयो, ‘प्राविधिक समस्या आयो भने हाम्रो टोली स्ट्याण्डबाइ छ, धेरैबेर बत्ति जाँदैन ।’

घिसिङका अनुसार आइतबार लक्ष्मीपूजाको दिन उच्च माग १३ सय मेगावाट सम्म पुग्ने सम्भावना छ । १ हजार मेगावाट जति देशमै उत्पादन भएकाले बेलुकीको १-३ घन्टा भारतबाट ३ सय मेगावाट सम्म बिजुली आयात हुने सम्भावना छ ।

‘हामी देशमै उत्पादन भएको बिजुली व्यवस्थापन गरेर यो तिहार उम्काउने प्रयासमा छौँ, तर अपुग हुने देखिएमा भारतबाट आयात हुन्छ, बिजुली अपुग हुँदैन ’, घिसिङले भन्नुभयो ।

३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ । विगतमा भारतबाट आयात गरेर र चु्स्त व्यवस्थापन गरेर तिहारलाई झिलीमिली बनाएको प्राधिकरण यो वर्ष देशमै १ हजार मेगावाट विद्युत भैरहेकाले थप सहज अवस्थामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*