तिहारको चौथो दिन आज गाई, गोरुको गोवर्द्धन पुजा गरि मनाईदैं

तामसालिङ खबर
११ कार्तिक २०७६, सोमबार ०८:२१

कार्तिक ११, हेटौंडा – यमपञ्चकको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायमा म्हपूजा अर्थात् आत्मा पूजा गरि मनाइदै छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान समेत गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास समेत रही आएको छ ।

आज आँगनमा लिप-पोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने गर्दछन् । आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*