ईन्टरनेशनल सोसलिज्म अवार्ड कोरियामा
कार्तिक १८, सउल – अनलाइन मिडिया डटकमको प्रस्तुतिमा पहिलो पटक “ईन्टरनेशनल सोसलिज्म अवार्ड” दक्षिण कोरियाको साउलमा डिसेम्बर २२ मा हुने भएको छ । यहिँ नोभेम्बर १० मा हुने भनिएको कार्यक्रम प्राविधिक तयारीको कारण
डिसेम्बर २२ मा सारिएको आयोजकले जनाएको छ ।
अवार्डमा नेपालबाट २० जनाको नोमिनेशन प्रकृया भईसकेको र कोरियामा करिब एक दर्जन व्यक्तिहरुलाई अवार्ड गरिने बताएको छ । नेपाली समुदायमा योगदान दिएका व्यक्तिहरुलाई हौसला, प्रेरणा र थप उर्जा प्रदानको लागी अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
बहु-विधामा आधारित कोरियामा ऐतिहासिक पहिलो अवार्ड हुने कार्यक्रममा सामान्य टिकटको व्यवस्थापन रहने र भोटिङ पद्धती मार्फत अवार्ड कार्यक्रममा आईएसए हिरो-२०१९ घोषणा गरिने भएको हो ।
कोरियाबाट संचालित अनलाइन समाचार पोर्टल अनलाईन मिडिया डटकम र क्लब फोर्टी ईन्टरनेशनलको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको छ ।






