निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार १८:५१

कार्तिक, १८, काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै महरालाई सोमबार नै डिल्लीबजार कारागार चलान गरिएको छ । अदालतको आदेशअनुसार यो मुद्धाको टुंगो नलागे सम्म महरा अब जेलमा रहने छन् ।

यौन दुव्र्यवारको आरोप लागेका निवर्तमान सभामुख महरालाई प्रहरीले असोज १९ गते पक्रेको थियो । आइतबार र सोमबार दुईदिनसम्म बन्द इजलासमा थुनछेक बहस भएको थियो ।

पीडित भनिएकी रोशनी शाही सोमबारको बन्द इजलासमा उपस्थित भएकी थिइन् । महरामाथि संसद् सचिवालयकी कर्मचारी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो । शाहीले अदालतमा आफूलाई महराले दुर्व्यवहार नगरेको भन्दै यसअघि नै निवेदन दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*