सांसद शान्ता चौधरीको गाडी दुर्घटना
कार्तिक १९, दाङ – गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ ।
सांसद चौधरीलाई लक्ष्मीपुर स्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए ।
स्थानीयका अनुसार गाडी सडक देखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।






