उपत्यका प्रवेश गर्ने टिपरका लागि नयाँ नियम
कार्तिक १९, काठमाडौं – काठमाडौ उपत्यका भित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायी सँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो ।
उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ । टिपरको अगाडिपट्टी सीसा माथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ ।
ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका उफार हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ । १५ दिनभित्र यी नियम लागू गरिने महाशाखाले जनाएको छ ।






