भारतको नयाँ नक्सामा कालापानी-लिपुलेक

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार १९:०५

कार्तिक, काठमाडौँ – नेपाली भूमि कालापानी र लिपु लेक क्षेत्रलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा आफ्नो बनाएको छ । भारतले केही दिनअघि सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा यी दुई भूगोललाई आफ्नोतर्फ राखेको हो।

लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेको हो। भारतले केही महिनाअघि विवादित भूमि जम्मु-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको हो।

केन्द्र शासित यी भूगोललाई दुई राज्यमा विभाजन गरिएको निर्णय औपचारिक रुपमा लागु गरेकै दिन यही आइतवार भारतले उक्त नक्सा सार्वजनिक गरेको हो। नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई आफ्नो क्षेत्रमा राखिएपछि नेपालबाट भारतको आलोचना सुरु भएको छ।

भारतको यस्तो नक्सा आएपछि मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसमा गम्भीर चासो देखाएको छ। यसअघि सार्वजनिक गरिएको नेपाली नक्सामा कालापानी र लिपुलेक दुवै क्षेत्र नेपालतर्फ नै रहेको देखाइएको छ। नापी विभागले सार्वजनिक गरेको नक्सामा यी दुई क्षेत्र नेपालमै रहेको देखाइएको छ।

नेपाली भूमि कालापानीमा भारतले लामो समयदेखि आफ्नो सेनाको अस्थायी व्यारेक राखेको छ। कालापानीमा भारतीय सेना बसेपछि नेपालस्थित राजनीतिक दलका संगठनले त्यहाँबाट हट्न भन्दै कयौँ पटक प्रदर्शन पनि गरिसकेका छन् । थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*