मकवानपुरगढी स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार २२:००

कार्तिक २०, हेटौडा (मकवानपुरगढी) – मकवानपुर गढी स्वास्थ्य चौकिमा बुधबारबाट ल्याब सेवा संचालनमा भएको छ । मकवानपुरगढी शिखरकटेरीमा रहेको स्वास्थ्य चौकीमा एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले स्वास्थ्य प्रयोगशालाको सुरुवात गरेका हुन् ।

कार्यक्रम वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखान सिं पाख्रिनको सभाध्यक्षतामा भएको हो ।

स्वास्थ्य चौकीमा अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई समेत स्वागत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*