मौरीले चिल्दा बालकको मृत्यु

तामसालिङ खबर
५ मंसिर २०७६, बिहीबार १७:५७

मंसिर ५, सर्लाही – जंगली मौरीले चिलेर सर्लाहीको मलङ्गवा–७, मुसैलीमा १ बालककोे ज्यान गएको छ भने, ५ जना अस्पताल भर्ना भएका छन् ।

मुसैलीस्थित बाँसघारीमा रहेको मौरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मौरीको चिलाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएका छन् । बिरामी पाँचैजना मलंगवा अस्पतालमा उपचारपछि अहिले घर फर्किसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*