गोरक्षनाथ बिद्यालयको महायज्ञमा ५२ लाख संकलन
मंसिर ६, हेटौडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन सम्ममा ५२ लाख रुपैँया संकलन भएको छ ।
प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञको चौथो दिनसम्ममा ५२ लाख ५ हजार संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए । मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया र शुक्रबार २० लाख संकलन भएको लेखा समिति संयोजक घिमिरेले जानकारी दिए ।
शुक्रबार ठूलो रकम सहयोग गर्नेमा हेटौंडा १८ का रामप्रसाद पराजुली ५ लाख, एकराज खतिवडा १ लाख, अरुण खतिवडा १ लाख, हेटौंडा १८ को ज्योति उमावि ५० हजारलगायतबाट २० लाख संकलन भएको घिमिरेले जानकारी दिए ।
मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए ।






