पुर्बमिस नेपाल खतिवडाको उपहार, विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

तामसालिङ खबर
७ मंसिर २०७६, शनिबार ०८:४८

मंसिर ७, हेटौँडा(कैलाश) – मिस नेपाल वर्ल्ड २०१८ की शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ । मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका वडा नम्बर ७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ब्युटी अफ दी प्रपोजको लागि खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् ।

करिब ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको शुक्रबार खतिवडाका बुबा तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको उपस्थितिमा प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले उदघाटन गरेका हुन् । कैलाश गाउँपालिका ७ र राक्सिराङ गाउँपालिका–४ का स्थानीय गरि करिब ७ सय घर धुरीको ४ हजार जनसंख्यालाई लक्षित गरेर बनेको ङिको स्वास्थ्य चौकीले दैनिक ३० जना सम्मलाई सेवा दिन सक्ने कैलाश ७ का वडाध्यक्ष उदास लामाले जानकारी दिए । उदघाटन भएको पहिलो दिनमै २५ जनाले उपचार सेवा लिएको सो गाउमा अधिकांश चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ ।

दरबन्दी अभाव पूर्वमिस नेपाल खतिवडाको पहलमा स्वास्थ्य चौकी बनेता पनि दरबन्दी भने अझै पनि आउन सकेको छैन । हाल कैलाश गाउँपालिकाले एकजना अनमी, हेल्थ असिसटेन्ट करारमा दिएका पनि दरबन्दी भने अझै नआएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।

दरबन्दीको हामीले गाउँपालिकाका तर्फबाट बारम्बार पहल गरिरहेका छौँ तर आएको छैन । अब प्रदेश सरकार र संघीय सरकार सम्म गाउँपालिकाको लागि आवश्यक दरबन्दीको माग गछौँ उनले भने । कैलाश गाउँपालिकाको १० वटा वडामध्ये हालसम्म ६ वटा वडामा मात्रै स्वास्थ चौकी बनेको छ। कार्यक्रममा बोल्दै सांसद खतिवडाले श्रृंखला आफ्नो छोरी मात्र नभई नेपालीको छोरीको रूपमा काम गरेकोमा आफूलाई गर्व महशुस भएको बताए ।

कार्यक्रममा प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नेपाल, खतिवडाकी आमा तथा प्रदेश सांसद मुनु सिग्देल, ओम बहादुर ग्लान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायत नेकपाका नेताहरु समेतको उपस्थिति रहेको थियो ।

पूर्वमिस नेपाल खतिवडाले विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा उठाएर स्वास्थ्य चौकी बनाउन सफल भएको बताइन् । उनले पहिलो चोटी ताम्लाङ पुग्दा स्थानीय वासिन्दाको स्वास्थ्य अवस्था देखेर आफ्नो आँखामा आँशु आएको भन्दै भावुक भएकी थिइन् । उनले स्वास्थ्य चौकी हस्तान्तरण सँगै आफ्नो एउटा सपना पूरा भएको बताइन् ।

स्थानीयले खतिवडालाई फूलमाला लगाएर धन्यवाद समेत व्यक्त गरेका थिए । कैलाश ७ का वडा सदस्य स्थानीय स्वास्थ्य स्वयंसेविका तथा स्थानीयले खतिवडाले तिर्न नसक्ने गुण लगाएको बताए।

यस्तै, शुक्रबार नै कैलाश गाउँपालिका ७ नम्बर वडा कार्यालय पनि उदघाटन भएको छ। कैलाश गाउँपालिकाको १५ लाख लागतमा बनेको वडा कार्यालयको प्रतिनिधिसभा सदस्य खतिवडाले उदघाटन गरेका हुन् । थाहा खवर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*