मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
मंसिर ७, हेटौँडा – मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका वडा नम्बर ९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका वडा नम्बर ४ का २२ बर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका वडा नम्बर ४ भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका वडा नम्बर ६ पर्सौनीका २२ बर्षीय धिरज चौधरी रहेका छन् ।
उनीहरुलाई चितवनबाट मोटरसाइकल चोरी गर्दै ल्याउने क्रममा विहिबार विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






