कानुन मन्त्रालय सम्हाल्न उपेन्द्र यादव सिंहदरबार पुगे

तामसालिङ खबर
९ मंसिर २०७६, सोमबार १७:३२

काठमाडौं – समाजवादी पार्टीसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् हेरफेर गरेको गुनासो गरेका तत्कालीन स्वास्थ्यमन्त्रालयबाट सरुवा भएका उपेन्द्र यादवले सोमबार कानुन मन्त्रालयमा पदभार गरेका छन् ।

स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिएर गत शुक्रबार भारतको राजधानी दिल्लीबाट फर्किएका उनी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई पदबाट हटाएकोमा सरकारसँग रुष्ट थिए ।

पटक पटक सरकार छाड्ने धम्की दिएपनि दुई दिन अघि मात्रै समाजवादी पार्टीले उपेन्द्र र डा. बाबुराम भट्टराई सहितको वार्ता समिति बनाएको थियो । उक्त समितिले संविधान संशोधन सहितका माग पुरा भए मात्रै सरकारमा रहने टुंगो गर्ने जनाएको थियो । वार्ता समिति बनेपनि अहिले सम्म समाजवादीले सरकारको नेतृत्व गरिरहेको नेकपासँग वार्ता गर्न सकेको छैन।

स्वास्थ्य मन्त्रालयमा रहेर काम भन्दा बढी विदेश घुमेको आरोप उनीमाथि लागेका थियो । यादव महिनामा एकपटक विदेश यात्रामा निस्कन थालेपछि प्रम ओली रुष्ट थिए ।

प्रम ओलीसँग बोलचाल नै बन्द रहेको अवस्थामा उपेन्द्रले तत्काल सरकार नछाड्ने भएका छन् । उनले असन्तुष्टि पोखे पनि सोमबार कानुन मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*