बागमती गाउपालिकाको साततलेमा वडा घेदुङ गठन, अध्यक्षमा सिन्तान चयन
मंसिर १९, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउपालिका वडा नम्बर ८ साततलेमा नेपाल तामाङ घेदुङ वडा कमिटी गठन गरेको छ । स्थानीय अक्कलबहादुर सिन्तानको अध्यक्षतामा १७ सदस्यीय घेदुङको वडा कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रामबहादुर घलान, महिला उपाध्यक्षमा सुष्मा भोलन, कोषाध्यक्षमा सम्झना सिन्तान, सचिबमा चक्रबहादुर घिसिङ, र सहसचिबमा पुजा घिसिङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दावा दोर्जे गोङ्बा लामा, पल्साङ लामा लोप्चन, इन्द्रबहादुर मोक्तान, लालबहादुर थोकर, संसार मोक्तान, सफल स्याङ्तान, सन्तबहादुर थिङ, प्रमिला रुम्बा, हिदमबहादुर नेगी, अनिल जिम्बा, र लालबहादुर स्याङ्तान लगायत चयन भएका छन् ।

नेपाल तामाङ घेदुङ बागमती गाउपालिका अध्यक्ष जयबहादुर वाइबा तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ८ को वडाअध्यक्ष धनबहादुर योञ्जन, वडासदस्य सोमबहादुर नेगी, जितबहादुर रुम्बा, स्थानीय बुद्धिजिबी लाक्पा छिरिङ लामा लगायतको आतिथ्यता रहेको थियो ।






