प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने तयारी

तामसालिङ खबर
१९ मंसिर २०७६, बिहीबार ०९:४३

काठमाडाैँ, १९ मंसिर – आईसीयूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेकाे उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनीहरूका अनुसार छिटै डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिने चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीलाई ९ दिनअघि गत मंगलबार ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे थियाे ।

शल्यक्रियापछि प्रधानमन्त्रीलाई संक्रमण हुन सक्ने जाेखिम रहेकाले आईसीयूमै राखिएको छ । प्रधानमन्त्रीको शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो भने डिस्चार्जअघि पुनः डायलसिस गरिनेछ । साथै उहाँको दाेस्राेपटक मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी अघि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*