कोहलपुरमा कर्फ्यू
मंसिर २२, बाँके – कोहलपुरमा ट्रकले छात्रालाई ठक्कर दिएपछि सुरु भएको प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यू लगाएको छ ।
कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत १३ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि विद्यार्थी, स्थानीय र बालिकाका आफन्तले प्रदर्शन सुरु गरेका थिए ।
प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएको हो । कर्फ्यू कोहलपुर बजारभर र त्यस आसपासका क्षेत्रमा लगाइएको बाँके प्रशासनले जानकारी दिएको छ ।
प्रदर्शनका क्रममा दिनभर नै कोहलपुर तनवग्रस्त बन्यो । घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।






