आगोलागी पीडितलाई राहत सामाग्री हस्तारण

राजु तामाङ
२२ मंसिर २०७६, आईतवार ०७:१८

सर्लाही – हरिवन नगरपालिकाको कोठीखोलामा गत बिहीबार एक घर जलेर नष्ट भएको छ । वडा नम्बर १ कोठीखोलाका दुर्गा बहादुर घिसिङको घर जलेर खरानी भएको हो । घिसिङ परिवार दुर्गा बहादुरको उपचारका लागि हेटौंडा गएका बेला एक्कासि घरमा आगलागी भएको गाउँलेहरुले बताए ।

घरमा कोही नभएको बेला आगलागी भएकाले घरको कुनै पनि सामान निकाल्न नपाएकै कारण अहिले घिसिङ परिवारको आकासमुनीको बास भएको छ । साथ सहयोगको लागि स्थानीय सरोकारवाला र नगरपालिकाबाट कुनै पनि सहयोग नहुदा आफु झनै दुखि भएको पिडित घिसिङले बताए ।

आगलागीमा परी घरको सम्पूर्ण सामान अन्नपात ३ तोला सुन, १० तोला चाँदी समूहमा तिर्न भनि सापटी गरेर ल्याएको नगद १ लाख, फ्रिज, बक्स पलङ, दराज, किचेन य्राक, टिभी, भाँडाकुडा गरि १५ लाख बराबरको क्षति भएको पीडितले बताए ।

घिसिङ परिवारको बिजोग देखेर सोही गाउँका युवा समाजसेवी तथा व्यवसायी राम गोलेको नेतृत्वमा आपतकालीन अवस्थामा आफुले सकेको तत्कालीनको लागि गाँस, बास र कपासको लागि केही बेवास्ता गर्न १७ हजार बराबरको खाद्यान्न सामाग्री म्याड, सिरक डसना, दाल ५ किलो, चामल २ बोरा, तेल ६ पोका, चिउरा ५ किलो, नुन ३ प्याकेट, चाउचाउ २ काटुन र नगद ५ हजार उपलब्ध गराइएका छन ।

सोही टोलीले नै घिसिङ परिवारलाई बस्नको निमित्त बाँसको सानो छाप्रो बनाई हाललाई बस्ने व्यवस्था गरिदिएको छ । यस्तो घट्ना घट्दा समेत पीडित परिवरलाई हेर्न सहनुभूति प्रकट गर्न समेट कुनै नेता कार्यकर्ता र स्थानीय सरकारको कुनै सहयोग नभएको हुँदा पीडित परिवारको आगलागीबाट विस्थापित नहोस भन्दै आफुले सकेको सहयोग गरेको समाजसेवी गोलेले बताए ।

त्यस्तै, पुर्व सांसद नरेन्द्र साहको सहयोगमा रोशन दोङको नेतृत्वले पनि पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन । राहत सामाग्रीमा १ बोरा चामाल, ५ किलो दाल, १ थान त्रिपाल, २ थान कम्बल र भाँडाकुडाको सेट नै घट्ना स्थलमै पुगी सहयोग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*