आगलागी पीडितको घरमा राहत सामाग्री लिएर पुगे, मेयर प्रसाई
मंसिर २३, सर्लाही – हरिवन नगरपालिका वडा नम्बर १ मा भएको आगलागी पीडितको घरमा राहत सामग्री लिएर मेयर गणेश प्रसाद प्रसाई पुगेका छन ।
गत बिहीबार हरिवन १ कोठीखोलामा दुर्गा बहादुर घिसिङको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो भने शनिबार हरिवन ५ घुर्कौलीमा सागिर अन्सारीको घरमा विद्युत सर्ट भै आगलागी भएको थियो ।
दुई पीडित परिवारलाई घट्ना स्थलमै पुगी स्थलगत निरीक्षण गर्दै दुखद घडीमा सहानुभूति प्रकट गर्दै पीडितलाई आवश्यक सामाग्री सहयोग गरेका थिए। मेयर सँगै प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकला वडा नं. १ का वडा अध्यक्ष राम बहादुर क्यापछाकी, युवा समाजसेवी बिनेश कार्की, समाजसेवी तथा पत्रकार राजु लो र स्थानीयको उपस्थित रहेका थिए ।
तत्कालीन पीडित परिवारलाई चिसोबाट बच्न, बस्न, खानाको लागि नगरपालिकाको तर्फबाट सकेको सहयोग गरेको मेयर प्रसाईले बताए । मेयर प्रसाईले भने तत्कालको लागि पीडित परिवारलाई खाद्यन्न, लत्ताकपडा, भाँडाकुडा र त्रिपालको बेवास्ता गरिएको छ ।
बाँकीनगरपालिकाको विपत व्यवस्थापन कोषबाट पीडित परिवारलाई छिट्टै घर बनाउनका निम्ति पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।






