अंग्रेजी नयाँ वर्षको अबसरमा हेटौडामा खाना महोत्सब हुने

तामसालिङ खबर
१ पुष २०७६, मंगलवार १६:११

पुस १, हेटौडा – तिन नम्बर प्रदेशको मुकाम हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा पुस ११, १२ र १३ गते हेटौंडाको खेल मैदान हुप्रचौरको पूर्वी सडकमा खाना महोत्सव हुने भएको छ ।

‘सडकमै जाऔं सडकमै खायौं र सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ खाना महोत्सवको तयारीमा लागिएको एसोशियसनका अध्यक्ष शंकरलाल श्रेष्ठले बताए । भ्रमण वर्ष २०२० को सन्दर्भमा आन्तरिक तथा छिमेकी राष्ट्र भारतका पर्यटकहरुलाई आकर्षित गर्न सहयोग पुग्ने र मकवानपुर पर्यटकपथ प्रदर्शक पुस्तिकाको विमोचन गरि महोत्सव गरिने अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा यस वर्ष खानामा मकै, फापरको ढिडो विशेष रहने आयोजकले जनाएको छ । ४० वटा विभिन्न शाहाकारी र माशांहारी परिकारका स्टल रहने एसोशियसनका महासचिव विष्णुगोपाल महर्जनले बताए । महोत्सव हुने प्रत्येक दिन विभिन्न साँस्कृतिक कार्यक्रम हुने र १२ गते राष्ट्रिय स्तरका कलाकार रन्जित परियार र चिजा तामाङले प्रस्तुती दिने आयोजकले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ३ को सहयोगमा र सीजी ब्रअरी प्रायोजकको रुपमा रहेको महोत्सबमा हेटौंडा उपमहानगरपालिका, हेटौंडा ४ वडा कार्यालयसहित विभिन्न संघ संस्थाहरुको सहयोग रहने महासचिब महर्जनले बताए ।

होटल एसोशियसन मकवानपुरको आयोजनामा विगत १० वर्ष देखि खाना महोत्सव हुँदै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*