प्रदेश ३ को मुकाम हेटौंडाबाट लाइसेन्स वितरण शुरु

तामसालिङ खबर
६ पुष २०७६, आईतवार १२:२४

पुस ६, हेटौंडा – तिन नम्बर प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाबाट पहिलो पटक लाइसेन्स वितरण शुरु भएको छ । कार्यालयले आवेदन खुल्ला गरेपछि मोटरसाईकल, स्कुटर र टेम्पुमा गरी लिखित परिक्षा पास गरेका ५ सय १० जनाले ट्रायल परिक्षा दिएका थिए ।

शनिबार लिईएको ट्रायल परिक्षामा १ सय २९ जनाले मोटरसाईकलको ट्रायल पास गरेका छन् । २० जनाले स्कुटर र ९ जनाले टेम्पुको ट्रायल परिक्षा पास गरेको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले जनाकारी दिए ।

सवारी चालक अनुमति पत्रको लागी मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी लगायत आसपासका विभिन्न जिल्लाका नागरिककहरु सहभागिता रहेको थियो ।

यातयात व्यवस्था कार्यालय प्रदेश ३ ले सबै प्रकारका सवारी साधनका लागि भन्दै अनलाइन मार्फत आवेदन दिने ब्यवस्था मिलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*