बसले ठक्कर दिदा बिद्यार्थी गम्भीर घाइते, गाडीमा आगजनी र तोडफोड
पुस ७ काठमाडौँ – सोमबार बिहान बसले ठक्कर दिँदा एक बिद्यार्थी गम्भीर घाइते भएकी छन् । पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रा गम्भीर घाइते भएकी हुन्।
बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान बा ७ ख ५९३० नम्बरको गाडीले सुकेधारामा ठक्कर दिएको प्रहरीले जनाएको छ।
सहपाठीलाई ठक्कर दिएर बस भागेपछि आक्रोसित पशुपति क्याम्पसका विद्यार्थीले चावहिलमा बा ४ ख ७१०१ नम्बरको बस आगजनी र तोडफोड गरेको डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिन चावहिल क्षेत्रमा ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिसकेको प्रहरीले जानकारी गराएको छ।






