हेटौँडा बजार क्षेत्रमा सडक फराकिलो बन्दै

तामसालिङ खबर
७ पुष २०७६, सोमबार १२:०१

पुस ७, हेटौडा – प्रदेश ३ को मुकाम हेटौडाको बजार क्षेत्र र आसपासका क्षेत्रका मुल सडक फराकिलो निर्माण गर्न सुरु गरिएको छ ।

साविक सडक सिमा क्षेत्रमा बनेका घरहरु भत्काएर मुल सडकलाई ठूलो लगानीमा फराकिलो र सुन्दर बनाउन लागिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनु भयो ।

उनका अनुसार, हेटौँडाको हुप्रचौरमा रहेको क्वीक ट्वान्टीरोड फराकिलो बनाउने काम सकिएको छ । त्यस्तै हेटौँडा ८ मा पनि फराकिलो सडक निर्माणको लागि उपमहानगरपालिकाले डेढ करोड लगानी गरेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*