रौतहटको इसनाथ नगरपालिका अगाडी शंकास्पद बस्तु फेला

तामसालिङ खबर
९ पुष २०७६, बुधबार १२:१३

पुस ९, रौतहट – रौतहटको इसनाथ नगरपालिका ३ औरिया स्थित नगरपालिकाको कार्यालय अगाडी शंकास्पद बस्तु फेला परेको छ । बुधबार नगरपालिकाको अगाडी रहेको गमलाको बिचमा पहेलो प्लास्टिकमा शंकास्पद प्रेसर कुकर बम संगै मोबाइल समेत फेल परेको सशत्र प्रहरीले जनाएको छ ।

बोर्डर आउट पोस्टका सशत्र प्रहरी निरीक्षक हरि प्रसाद केसी, लगायत नेपाल प्रहरी, नेपाली सेनाको बम डिस्पोजन टोलीको संयुक्त प्रयासमा डिस्पोज गरेको छ । बम संगै मोबाइल समेत फेला परेको कारण हाल सो क्षेत्रमा मोबाइलको नेटवर्क अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*