मकवानपुरको बतासेडाँडामा आगोको मुस्लो, प्रहरी घटनास्थलमा जाँदै

तामसालिङ खबर
९ पुष २०७६, बुधबार १२:३६

पुस ९ हेटौँडा – मकवानपुर गढीको सुकौरा र बकैया गाउँपालिका १२ ठिंगनको सिमानामा पर्ने बतासेडाँडा क्षेत्रमा आगोको मुस्लो देखिएको छ । स्थानीयहरुले आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेपछि सो स्थानमा कुनै दुर्घटना भएको आशंकामा स्थानीय संगै प्रहरी टोली घटना स्थानमा गएको छ ।

एक्कासी धुँवाको मुस्लो देखेपछि उनीहरुले उक्त क्षेत्रमा हवाईजहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका हुन् । उक्त क्षेत्रमा पुग्न २ घण्टा लाग्ने बकैया गाउपालिका १२ का सचिब लक्षमण घिमिरेले बताए ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको जानकारी दिए।

यता, मकवानपुरमा कुनै प्रकारका हवाई दुर्घटना भएको पुष्टि नभएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेरबहादुर बस्नेतले जानकारी दिएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले मकवानपुरसहित नजिकका टावरहरुसँग नियमित सम्पर्क भैरहेका भन्दै अनावश्यक हल्ला फैलिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*