बतासेडाँडामा देखिएको ठूलो मुस्लो, कुनै दुर्घटना नभई डढेलो लागेको प्रहरीको भनाइ
पुस ९, हेटौडा – मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा रहेको बतासे डाँडामा बुधबार बिहान देखिएको मुस्लो जंगलमा लागेको डढेलो भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी चौघडा र ठिंगनबाट गएको टोलीले ठूलो मुस्लो जंगलमा लागेको डढेलोबाट निस्किएको धुँवा भएको पुष्टी गरेको छ । बतासे डाँडाको जंगलमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले आगोको मुस्लो देखेपछि जहाजसम्बन्धी केही घटना भएको हो किन भन्ने आशंका गरेका थिए । आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटनाको आशंका गरेका थिए।
त्रिभुवन विमानस्थल कार्यालयले कुनै पनि विमान तथा हेलिकप्टर दुर्घटनामा नपरेको जानकारी दिएको छ ।






