इन्द्रसरोबरमा सुमो दुर्घटना हुँदा तीन मृत्यु, ५ जना घाईते
पुस, ११ हेटौँडा – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउपालिकाको वडा नम्बर ३ मा ओखरेडाँडामा सुमो दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ ।
काठमाण्डौँबाट चन्द्रनिगापुर जादै गरेको ना १ ज ३४३३ नम्बरको सुमोमा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।
घटनामा मृत्यु भएकाहरुको सनाखत भैनसकेको भीमफेदी प्रहरीले जनाएका छन् । ९ जना सवार रहेका सुमोमा एक जना भने शकुसल रहेका छन् । थप अनुसन्धान भइरहेको भीमफेदी प्रहरीले जनाएको छ ।






