इन्द्रसरोबर सुमो दुर्घटना अपडेट – मृतकको संख्या ५ पुग्यो, सबै सनाखत
पुस ११, हेटौंडा – मकवापुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ओखरेडाँडा नजिकै शुक्रबार टाटासुमो दूर्घटना मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । काठमाडौंबाट चन्द्रनिगाहापुरको लागि आउदै गरेको ना १ ज ३४३३ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटना भएको भीमफेदी प्रहरीले जनाएको छ । थप २ जना उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मध्यान्ह १२ः३० बजे टाटासुमो अनियन्त्रित भइ सडकबाट २ सय मिटर तल खसेको थियो । चन्द्रनिगाहापुर निवासी २२ वर्षीय मनिष विक र उनकी श्रीमती २१ वर्षीय सृजना विक, रौतहट चपुर–६ निवासी ७४ वर्षीय केदार तिमल्सिनाको घट्नास्थलमै मृत्यु भएको छ ।सिन्धुली दुधौली नगरपालिका ५ बस्ने ५८ बर्षीय नेत्रमान रुसाल(भुजेल) र उनको श्रीमती ५२ वर्षीया भक्तकुमारी रुसाल(भुजेल) रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मत्यु भएका तिनजनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ। त्यसैगरी दुर्घटनामा घाइते हुने ४ जनामा सुमो चालक हेटौंडा १७ निवासी २८ वर्षका अनिल बिक , सर्लाही बागमती नगरपालिक३ बस्ने २७ बर्षीय रंजित रिजाल, रौतहट गरुडा नगरपालिका ५ बस्ने नन्द किशोर शाह र रौतहट माधव नारायण नगरपालिका ५ बस्ने ५५ बर्षीय जय शाह रहेको प्रहरीले जनाएको छ ।
नन्द किशोरको मेडिकल अस्पतलामा अाइसियुमा राखेर उपचार भइरहेको र अन्यको ३ जनाको बोयधा र मेडिसिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






