तामाङ समुदायले आन्दोलन कै रुपमा सोनाम ल्होछार मनाउने

तामसालिङ खबर
१२ पुष २०७६, शनिबार ०९:५४

पुस १२, काठमाण्डौ – तामाङ समुदायको सास्कृतिक पर्ब सोनाम ल्होछारमा दिइँदै आएको सार्वजनिक विदा सरकारले गत बर्षदेखि कटौती गरेकोमा गम्भीर असहमति जनाउँदै यो बर्ष पनि आन्दोलन कै रुपमा ल्होछार मनाउने भएका छन् । नेपाल तामाङ घेदुङको संघिय सभाहलमा विभिन्न तामाङ संघ, संस्थाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बिदा कटौती गरेको विरोध स्वरुप ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोतेर ‘सरकार, सोनाम ल्होछारको सार्वजनिक बिदा कायम गर !’ भन्ने एक सुत्रीय माग प्रष्ट देखिने गरी राखिने घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले बताए । हामीले सरकारलाई बिदा कायम गर्न धेरै आग्रह ग¥यौ तर सुनुवाई भएन उनले भने, सरकारलाई खबरदारी गर्दै तामाङ जनतालाई सचेत गराउन पनि आन्दोलनको रुपमा ल्होछार मनाउन लागेका हौ, उनले भने ।

सोनाम ल्होछार राष्ट्रिय मूल आयोजक समितिले संसारभरिका सबै तामाङ संघ/संस्थालाई ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोत्न र बिदा पुनस्थापनको माग स्पष्ट राख्न आग्रह गरेको छ । बैठकले नेपाल तामाङ घेदुङ संयोजक र राष्ट्रिय घेदुङ सह-संयोजक रहेको १०० बढी तामाङ संस्थाहरु सदस्य संस्था रहने गरी मूल आयोजक समिति गठन गरेको छ । समितिले आगामी माघ ११ र १२ गते काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार – २८५६ (जिवा/नाम्युङ ल्हो) तथा तामाङ साँस्कृतिक महोत्सवलाई बिगत बर्षमा भब्यताका साथ सम्पन्न गर्ने आयोजकले बताए ।

यसबर्ष ल्होछारको मूल नाराः ‘सोनाम ल्होछारको प्रबर्द्धन, हाम्रो साँस्कृतिक एकताको मूल नारा ! ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ तय गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।

बैठकमा नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुपबहादुर योन्जन, तामाङ कलाकार संघका महासचिव बिश्व दोङ, नेपाल तामाङ संस्कृति घेदुङका महासचिव छेवाङ तेन्जिङ लामा, तामाङ चलचित्र संघका अध्यक्ष बिकु ठोकर, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय घेदुङका कावा महासचिव प्रविण बल, राष्ट्रिय कलाकार संघका अध्यक्ष शुक्र लामा, सञ्चारकर्मी कर्म लामा र मोहन घिसिङ लगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, सोही बैठकमा अन्तर्राष्ट्रिय चन्द्र पात्रो निर्धारण समितिका संयोजक खेन्पो गुरु सोनाम ग्युर्मे तामाङले यसबर्षको ल्हो फिर्ने पहिलो दिन वि. सं. २०७६ माघ ११ गते, ई.सं. २०२० जनवरी २५ का दिन परेको आधिकारिक पत्र पनि घेदुङ अध्यक्ष मोहन गोले र राष्ट्रिय घेदुङ अध्यक्ष बीरबहादुर योन्जनलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*