आज जनवरी १, नेपाली टोपी दिवस भब्य मनाइँदै
पुस १६, हेटौडा – अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन (जनबरी १ ) आज नेपालीहरुले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि केही वर्ष यता अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
आज नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।






