राष्ट्रियसभा सदस्य उम्मेदवारले आज दश हजार धराैटी बुझाउनु पर्ने
पुस २०, काठमाडाैं – आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेद्वारले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको हो ।
उम्मेद्वारको सहयोगका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेद्वारी दर्ताको व्यवस्था गरेको छ ।
राष्ट्रियसभा सदस्य उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकोे मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्ने जनाएको छ ।






