प्रदेश ३ को राजधानी र नामको प्रस्ताव प्रदेशसभामा आज पेश हुदै

तामसालिङ खबर
२१ पुष २०७६, सोमबार ०८:४४

पुस २१, हेटौँडा – तिन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा आज छलफल हुने र भोलि(मंगलबार) मतदान हुने बताएका छन् । प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल गर्दै उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराए ।

पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले बताए । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णय समेत रहेको उनले जानकारी दिए ।

राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए ।

निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदान सम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*