हेटौंडालाई स्थायी राजधानी बनाउन र्याली

तामसालिङ खबर
२१ पुष २०७६, सोमबार १४:१४

पुस २१, हेटौंडा – प्रदेश ३ को मुकाम हेटौंडालाई स्थायी राजधानी बनाउन दबाब र्याली सडकमा उत्रिएको छ ।

‘जनताको मतको सम्मान, राजधानीमा हेटौंडालाई मतदान’ भन्ने नाराका साथ दबाब र्याली निक्लिएको हो । हेटौंडाको बुद्धचोकमा जम्मा भएर र्याली प्रदेशसभा भवनमा पुगेको थियो ।

जिल्लाका स्थित सबै राजनीतिक दलका युवा तथा विद्यार्थी संगठन, सामाजिक संघसंस्था, पेशागत संघ संसस्था लगायतकाको सहभागितामा र्याली निकालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*