लघु कथा ‘नयाँ प्रचण्ड’
आज राती मैले खुसुक्क बागमतीलाई सोधें, “ए बागमती ! तैले पहिचान मागेको हो ?” मुसुक्क हाँसेर बागमतीले भन्यो — “हैन, मेरो पहिचान भनेको नै तामासालिङ हो, मेरो पहिचान भनेको नेवा भूमि हो, किनभने म यही भूमिबाट बगिरहेको छु, यहीबाट जन्मेको हो म, मैले पहिचान मागेको हैन” । अनि मैले भनें —“आज खै त, हाम्रो प्रचण्डले बागमती प्रदेशको कुरा गरिरहेको छ” ।
उसले भन्यो, “हैन, हैन, प्रचण्डले बागमती प्रदेश भनेको हैन । जनयुद्धको समयमा, नेवा, तामाङहरुको आन्दोलनको समयमा प्रचण्डले भनेको मैले बिर्सेको छैन, यो नेवारको भूमि हो, तामाङको भूमि हो । यहाँ जातीय पहिचान हुनु पर्छ, तामाङ र नेवारको राज्य हुनु पर्छ । वहाँले भन्नु भएको थियो । कहाँ अहिले वहाँले बागमती प्रदेश माग्नु भो र ?” अनि मैले भने — “हो, वहाँ त्यसैमा लागिरहनु भा छ” ।
बागमतीले फेरि भन्यो — “त्यसो भए वहाँ जनयुद्धको महारथी त्यो प्रचण्ड हैन रहेछ, त्यो बिलाई सक्यो । सादय नेपालमा ‘नयाँ प्रचण्ड’ जन्मी सक्यो” । त्यो जवाफ पछि मैले भने— “हामीलाई त्यही प्रचण्ड चाहियो, जस्ले हामीलाई सडकमा जुलुम उठायो, बागमती माग्ने ‘नयाँ प्रचण्ड’ हैन” ।